शितगंगाका कर्मचारी पनि आन्दोलित

संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीले पेन डाउन गरेका छन् । शितगंगा नगरपालिकाका कर्मचारी पनि यसको समर्थनमा आन्दोलनमा छन ।कर्मचारीहरुले आन्दोलन जारी राख्दै पेन डाउन गरिएको शितगंगा नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताउनु भयो ।

सबै वडामा राष्ट्रिय परिचय पत्र बनाउने काम चलेकोले यसमा कुनै अबरोध नगरिएको तथा जरुरीकाम हरु सञ्चालन भएको खनालले बताउनु भयो ।संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै कर्मचारीले अन्दोलन गर्दै आएका छन् । संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको भन्दै काठमाडौको आन्दोलनमा समेत शितगंगाबाट सहभागी भएको खनालले बताउनु भयो ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषा भित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, तिन तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने माग गर्दै देशैभरिका कर्मचारी अहिले आन्दोलित भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?