डोहोटे सामुदायिक वन उपभोक्ता समुहको २१ औ वार्षिक साधारण सभा सम्पन्न
विक्रम मुस्कान शितगंगा
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं १२ को डोहोटे सामुदायिक वन उपभोक्ता समुहको २१ औ वार्षिक साधारण सभा एक कार्यक्रम विच सम्पन्न भएको छ ।
उपभोक्ता समुहका अध्यक्ष रेशम राज बन्जाडेको अध्यक्षता वडा नं . १२ का वडा अध्यक्ष चोप बहादुर घर्तिको प्रमुख आथिथ्यता वाणगंगा सव डिविजन कार्यलयका वरिष्ट अधिकृत अर्जुन प्रसाद चापागाई , संस्थाका संस्थापक अध्यक्ष जीवन कुमार सिंजाली , संस्थाका सल्लाकार संयोजक तथा वैज्ञानिक वन महासंघ अर्घाखाँची का अध्यक्ष सूर्य बहादुर घम , डोहोडे अस्थाई प्रहरी पोष्टका प्रहरी प्रमुख असई हिरामणि चौधरी , को शिशिष्ट आथिथ्यता र विभिन्न विद्यालय , संघ सस्था क्लव का प्रमुख तथा प्रतिनिधी छिमेकी सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधि एवं उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
संस्थाका सचिव यमकला आले चुदाली वाट आर्थिक आए व्यय तथा प्रगती प्रतिवेदन प्रस्तुत भएको थियो ।
अध्यक्ष रेशम राज बन्जाडेवाट आगामी निति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताले हरियो वन नेपालको धन मात्र नभएर विश्वको वातावरण सुन्तुलित राख्न हाम्रो वन क्षेत्रले उल्लेख्य भुमिका खेलेकोले सबैले संरक्षण गर्नु पर्ने मा जोड दिदै अहिलेको बन्जाडेको नेतृत्वमा रहेको कार्य समितिले राम्रो काम गरेको अझ राम्रो गर्न सल्लाह दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती तथा वडा नं . १२ का वडा अध्यक्ष चोप बहादुर घर्तिले सडेर गलेर जाने काठलाई सदुपयोग गरि जन्ताको चुलो सम्म पुऱ्याउने काम गरेकोमा कार्य समितिलाई धन्यवाद दिदै वडा कार्यलय सहकार्य गरिरहेको र थप सहकार्य गरेर अगाडी बढ़ने बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष बन्जाडेले निति तथा कार्यक्रममा आयका कुरा र थप सल्लाह सुझावका आधारमा उपभोक्तालाइ लाभ हुने खालका योजना कार्यव्ययन गर्दै अगाडी बढ्ने बताउनु भयो ।
संस्थाका सहसचीव भुमा राना को स्वागत मन्तव्य कोषाध्यक्ष ऋषि बहादुर हुम्जाली को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






