नेकपा एमालेले यहि असोज १८ गते गर्ने लागेको दोस्रो शितगंगा नगर अधिबेसनको तयारीमा जुटेको छ । दसौ पुर्ण बैठकबाट निणर्य भए अनुसार निर्वाचनको तालिका अनुसार काम भइरहेको अध्यक्ष संजय रानाले जानकारी दिनु भयो । असोज ११ र १२ गते वडा प्रतिनिधी छनोट गर्ने भनिए पनि निरन्तरको बर्षाको कारण बिभिन्न वडाले आज सम्ममा प्रतिनिधी छनोट गरेका छन । नगर कमिटी तथा शितगंगाबाट जिल्ला कमिटि तथा प्रदेश कमिटीमा रहेका नेताहरु बिभिन्न वडामा खटिएर वडा प्रतिनिधीको छनोट कार्य भइरहेको जिल्ला कमिटी सदस्य ओपी पाण्डेले जानकारी दिनु भयो ।
नेकपा एमाले नगर कमिटीहरु स्वतह आयोजक कमिटी रहने गरी १४ वडाबाट बिभिन्न कलस्टरबाट १२० जना प्रतिनिधी छनोट भएका छन । वडा प्रतिनिधी छनोट सँगै नगर अधिबेशनको तयारी तिव्र रहेको छ नगर कमिटीमा आकांक्षामा रहेकाहरु यतिबेला कार्यक्रता भेटघाट तथा योजना सुनाउन थाली सकेका छन । शितगंगा नगरकमिटी सर्वसहमत हुने एमाले नेताहरुको अपेक्षा रहेको छ तर जिल्ला कमिटिमा समेत निर्वाचन भएकोले शितगंगामा समेत यस पटक आकाक्षी उमेदवारहरु स्वत पछि हट्न सक्ने सम्भावना कम रहेको एक सचिवालय सदस्यले बताएका छन । जनप्रतिनिधीहरु कार्यकारी पदमा रहन नपाउने भए पछि जनप्रतिनिधी भएका एमाले नेताहरु पछि हटेका छन । जनप्रतिनिधीबाट केशव बेल्बासेको कार्यकारी पदमै कार्यक्रताको अपेक्षा रहेको थियो भने जनप्रतिनिधीबाटै नवराज भुसाल ,मान बहादुर नेपाली लगायतका नेताहरु कार्यकारी पदमा यस पटक आउने छैन्न तर अन्य पदमा भने उनिहरुको उपस्थिती रहन सक्ने छ ।