बिकास घिमिरे, न्युजपाना
तमुसेवा समाज फलाचौरको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगीता हुने भएको छ । यहि चैत्र ११ गते देखि होलिको अवसर पारी शितगंगा नगरपालिका वडा न २ को गैरिखेतमा खुल्ला क्रिकेट प्रतियोगीता हुने आयोजकले जनाएको छ ।सम्पुर्ण क्रिकेट खेल प्रेमीहरुले आफ्नो टिम चैत ११ गते बिहान ९ बजे सम्म टिम दर्ता गर्नुपर्ने छ । खेल खेल्दा चोटपटक लाग्न गएमा समिति जिम्मेवारी नहुने, आयोजकको निर्णय नै अन्तिम निर्णय हुने, खेल आयोजकले तोकेको समयमा उपस्थिती नभए आयोजकले पेनाल्टी लगाउने, टिम दर्ता चैत्र ११ गते बिहान ९ बजे सम्म हुनेछ ।भने दर्ता शुल्क ३ हजार लाग्ने जाइएको छ । क्रिकेट जसमा प्रथम हुनेलाई रु २० हजार, मेडल,प्रमाण पत्र, द्धितिय हुनेलाई रु।१० हजार, मेडल,प्रमाण पत्र दिने आयोजकले जनाएको छ ।