आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

वि.सं. २०५९ भदौ २३ गते राति अर्घाखाँची सदरमुकाम सन्धिखर्क नेपालको माओवादी द्वन्द्वको इतिहासमा एउटा ठूलो र भयावह घटनाको साक्षी बन्यो।
तत्कालीन नेकपा माओवादीले ठूलो संख्यामा आफ्ना लडाकु परिचालन गरी सन्धिखर्क सदरमुकाममा रहेको सुरक्षा संरचनामाथि योजनाबद्ध आक्रमण गरेको थियो।

कतै तिजको दर खाइ रहेका कतै खाएर सुति रहेका त कतै तिजको नाचगान गरिरहेका स्थानियहरु राति करिब १० बजेदेखि माओवादी लडाकुले सेना ब्यारेक, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीको आधारलाई लक्षित गर्दै आक्रमण सुरु गरे पछि सारा त्रसिद भए । केही लुक्न निस्किए केही ज्यानको माया मारेर घरमै बसे ।  केही समयमै सुरक्षा संरचनामाथि विद्रोहीको नियन्त्रण कायम भएको र ठूलो परिमाणमा हतियार तथा अन्य सामग्री कब्जामा लिइए ।

आक्रमणका क्रममा सदरमुकामका अधिकांस  सरकारी कार्यालयमा आगजनी भयो जसका कारण अहिले पनि पुराना विवरण नहुँदा जनताले दुख भोगि रहेका छन। हातमा लालपुर्जा  हुँदा पनि अभिलेख नहुँदा अधिकांस सम्पति बिहिन छन ।
तत्कालीन नेपाल सरकारका रक्षा मन्त्रालयका प्रवक्ताले दिएको विवरणअनुसार ६९ सुरक्षाकर्मी र ५९ माओवादी लडाकु मारिएको उल्लेख गरेको छ। त्यसैले घटनाको अन्तिम मृत्यु संख्या विषयमा स्रोतहरूबीच मतभेद रहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?