शितगंगामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत

अर्घाखाँचीको शितगगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई स्वागत गरिएको छ ।
सापकोटालाई नगरप्रमुख छबिलाल पौडेल उपप्रमुख गीता भाट , योजना शाखा प्रमुख नुमलाल खनाल ,इञ्जिनिय बिबक केसी विभिन्न शाखा प्रमुख लगायतका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई स्वागत गरेका छन ।

स्वागत कार्यक्रममा बोल्दै सापकोटाले यसअघि सन्धिखर्क नगरपालिकाको कार्यकारी अधिकृत र प्रमुख प्रशासकीय अधिकृत गरि दुईपटक सन्धिखर्कमा सेवा गरे स्मरण गर्दै आफु कार्यरत रहँदा सबैको साथको अपेक्षा गर्दै सकारात्मक प्रभाव सहितको सेवा प्रवाह प्रदान गर्नुपर्ने बताउनु भयो ।नितिगत सुधार र बिकासका कार्यलाइ प्राथमिकता साथ काम गरेर नगरपालिका लाई सबल र सक्षम बनाउनु पर्ने बताउनु भयो । यस अघि विभिन्न स्थानिय तहमा कार्यरत रहँदा उत्कृष्ठ कार्य सम्पादनको रुपमा परिचय समेत बनाएकोले शितगंगाको बिकासमा समेत ठूलो अपेक्षा रहेको नगर प्रमुख छबिलाल पौडेलले बताउनु भयो ।यस्तै उपप्रमुख गीता भाटले अनियमितता र नितिगत सुधारका काममा जनप्रतिनिधिबाटै सुरु गर्नु परे पनि पुर्ण सहयोग रहन बताउदै कार्यालय ब्यवस्थापन र सहज सेवा पहुँचमा प्राथमिकता दिएर अघि बढ्न अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगामा २८३ छात्रालाई एचपीभी खोप लगाइँदै

शितगंगा : भूगोलको सराप, प्रकृतिको वरदान

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?