सुपा देउराली माताको पुरानो जीर्ण मूर्ती त्रिवेणीमा विषर्जन

न्यूजपाना ,शितगंगा

सुपा देउराली माताको पुरानो मूर्ती नवलपरासीको त्रिवेणीधाममा वैदिक विधिपूर्वक विषर्जन गरिएको छ । वि।स २०४४ सालमा सन्धिखर्क निवासी पविलाल पाण्डेले आफ्नी आमाको सम्झनामा सुपादेउराली माताको मूर्ती निर्माण गरी पुरानो सुपादेउराली मन्दिरमा चढाएका थिए । वि।स २०४४ साल देखी रहेको सुपादेउराली माता को मूर्ती २०६४ सालमा गुरु नर नारायण बाबाले नयाँ मन्दिर निर्माण गरे सँगै नयाँ सुपा देउराली माताको मूर्ती निर्माण गरी वैदिक हिन्दु धर्म अनुसार प्राण प्रतिष्ठा गरी नयाँ मूर्तीलाई नयाँ मन्दिरमा राखीएको थियो ।

सुपादेउराली मन्दिर समितिले नँया मन्दिर बने पछि प्राणप्रतिष्ठा सहित १८ बर्ष अघिनै पुरानो मूर्ती निकालिएको थियो र हाल सम्म पनि उक्त मूर्ती लाइ मन्दिरको सचिवालयमा राखेको थियो । धार्मीक शास्त्र अनुसार एउटै मन्दिरमा दुइ ओटा देविको मुर्ती राख्न नमिल्ने र माताको मुर्ती यतिकै रहेको र पुरानो मुर्ती को केहि भाग टुटेको समेत रहेकोले यति ठूलो महिमा बोकेको आस्था बोकेको मुर्ती यस्तै राख्दा धर्म हुन्न धेरै धर्मगुरु , धार्मिक संघ संस्था नेपाल सरकारकै प्रतिनिधित्व र सुझावमा देवि क्षमापुजा सहित बिहिबार नवलपारासी त्रीवेणी नदी मा विधिगत रुपमा देवी क्षमा पुजागरी शितगंगा नगरपालिकाका ,सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधिहरु , मन्दिर ब्यबस्थापन समितिका प्रतिनिधि अन्य सरोकारवाला लगायत मन्दिरका पुजारीहरु , पत्रकारहरु सुरक्षाकर्मी लगायतको टोलीले विर्षजन गरीएको मन्दिर व्यवस्थापन समिति सचिव हरी खनाल ले बताउनु भयो ।

यदि मुर्ती टुटफुट नभएको भएमा अर्को मन्दिरमा राख्न मिल्ने र टुटफुट भएको अवस्थामा रहेको मुर्तीलाई पवित्र गंगा स्थलमै लगरे विधिगत क्षमापुजा गरी विर्षजन गर्ने धार्मीक संस्था तथा व्यक्क्तिहरुले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?