विगत जस्तो उत्साहजनक बन्न सकेन दशै

बिकास घिमिरे न्युजपाना शितगंगा / ठाडा ,खाँची र अर्घाको मेलामासधै जसो ब्यापार गर्न जाने चन्द्रौटाका कपडा ब्यापारी सकिर हुसेनले ठाडमा ५वटा कपडाको पसल राखे यस अघिका बर्षहरुमा सबै भन्दा राम्रो ब्यापार हुने ठाडामा अहिले उनि पहिला जस्तो खुशी हुन सकेन्न पहिला मेलामा उपस्थित मानिसको अनुपातमै ब्यापार हुने गरेको तर अहिले उपस्थितको आधारमा ब्यापार हुन नसकेको हुसेनको भनाई छ ।
बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको अनुमान गर्न सकिन्छ देशमा भएको आर्थिक मन्दिको असर दशैमा अहिले देखिएको छ । कोरोना महामारी पनि अहिले दशै हर्सउल्लास सहित मनाए पनि आर्थिक रुपमा चलायमान हुन नसकेको अनुमान गर्न सकिन्छ ।


दसैँको अघिल्लो दिनसम्म व्यवसायीहरुलाई बैङ्कबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैँमा सहभागी भए । खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरु बताउँछन् ।
निजी क्षेत्रका मालिकमात्र होइन त्यहाँ कार्यरत मजदुर कर्मचारीहरुले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् । बिदेशबाट दशै मनाउन आउनेहरु अब पुन काममा फर्कन थालेका छन । अहिले जिल्ला छाड्ने सवारिको लस्कर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?