घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा बजार अनुगमन

अर्घाखाँची असोज ११ / घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीले बजार अनुगमन गरेको छ । कार्यालयको बाषिक स्वीकृत कार्यक्रम अनुसार बाणिज्य बजार अनुगमन तथा निरीक्षण गरिएको थियो । बिहिवार जिल्लाको सन्धिखर्क नगरपालिका वडा न।२ स्थित चुत्रबेसी बजारमा रहेका गल्ला तथा किराना , कपडा तथा फेन्सी ,डेरी तथा होटलहरुको अनुगमन गरिएको थियो ।


अनुगमनको क्रममा केहि पसल हरुको नवीकरण नगरिएको पसलको पुजी वृद्धि नगरिएको केहि खाध्य पसलहरुमा म्याद गुज्रिएको सामानहरु भेटिएको थियोे भने मुल्य सुची नराखीएको पसलहरुमा मुल्यसुची अनिवार्य राख्नु पर्ने नवीकरण तथा पुजी वृद्धिको लागि सात दिनको म्याद दिइएको थियो अनुगमन टोलिले अर्को पटक अनुगमनको बेला नियम पालना नगरेको भेटिए पाँच हजार देखी माथी जरिवाना गरिने जानकारी गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा निस्केको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख उधोग अधिकृत सन्तोष खनाल, सन्धिखर्क नगरपालिकाका अधिकृत मुक्तिराम खनाल , नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , उधोग बाणिज्य संघका कोषाअध्यक्ष रुद्र प्रसाद श्रेष्ठ ,जिप्रका अर्घाखाँचीका प्रहरी सहायक ािरिक्षक छोटेलाल गुप्ता ,जिल्ला प्रशासन कार्यालयका खरिदार कृष्ण प्रसाद ज्ञावाली लगायतकोउपस्थित रहेको थियो । चाँडपर्व हुन सक्ने कालनेबजारी मुल्यवृद्धि लाइ मध्यनजगर गर्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?