मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिनु भएको छ । आचार्यले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो सोही अनुसार उँहाले बिश्वासको मत प्राप्त गर्नु भएको हो ।

नेकपा एमालेका संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिनु भएको हो । ८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक हो । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थन भएको छ।

आचार्यलाई जसपाका २, जसपा नेपालका एक जना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद सहित ७० जनाले समर्थन गरेका छन्।मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ गरी 11 जना सांसद विपक्षमा मतदान गरेका छन
।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

नेपाली कांग्रेसको (देउवा)  गुल्मीमा जिल्ला अधिवेशन कात्तिक २० गते

छुटाउनुभयो कि ?