शितगंगा ६ मा निशुल्क घुम्टी पशु स्वास्थ्य शिविर सम्पन्न

विक्रम आचार्य, शितगंगा ,अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ मा निशुल्क टोल स्तरिय घुम्टी पशु स्वास्थ्य शिविर संचालन गरिएको छ ।

पशु स्वास्थ्य र मानव स्वास्थ्य अभिन्न अङ्गका रुपमा गासिएको हुनाले स्वास्थ्यको आवधारणा अनुसार पशुको स्वास्थ्यमा सुधार आएमा मानीसको स्वास्थ्यमा पनि सुधार आउने भएकोले र निशुल्क औसधी वितरण गर्दा निम्न आय भएका किसानले लाभ लिन सक्ने हुनाले आर्थिक आय निम्न भएका किसान परिवारमा सेवा प्रवाह गर्न नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा नं. ६ का वडा अध्यक्ष ऋषि रेश्मीले बताउनु भयो ।

साथै वडा को पशु सेवा विषेश कार्यक्रम अन्तरगत सञ्चालन भएको प्रत्येक टोलमा सञ्चालन भयो र आगामी दिनमा किसानलाई थप प्रोत्साहन गर्न कृषि क्षेत्रमा लाग्नको लागि प्रेरित गर्न के कस्ता योजना बनाउदा उपयुक्त होला आम सबैबाट सुझावको अपेक्षा रहेको वडा अध्यक्ष रेश्मीले बताउनु भयो ।

शिविरमा आज असार १० गते ४९१ कृषकले घुम्टी शिविर मार्फत सेवा लिएको वडा सचिब हिमाल भुसालले जानाकारी दिनु भयो ।

, अलवेन्डा झोल , फिलमेण्डा झोल , कोकेट भेट , क्यासियम , भिटामिन ‘ लिवर टोनिक रुचामिक्स मेलेक्सि केम अनन्तरिक र बाहिरी परजीवी नियन्त्रणक लगायतका पशु औसधीको निशुल्क दिईएको नगर पालिका पशु सेवा साखा प्राविधिक अजित कुमार यादवले जानाकारी दिनु भयो ।शिविरमा पशुपन्छी पालक कृषकहरुले पशु स्वास्थ्य शिबिर आफनो घर आगनमा संञ्चालन भएपछि आफूहरू ज्यादै उत्साहित भएको वताए ।आफ्नो वडा पशुपालनका लागि उपयूक्त भएको र यहाँका जनताको आम्दानी मुख्य स्रोत पनि पशु पालन भएकोले पशु स्वास्थय शिबिरको आयाोजना गरियको अध्यक्ष रेश्मीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?