सुपादेउराली नेपालकै उत्कृष्ट धार्मिक गन्तव्य हो । यसको महिमालाइ जोगाइ राख्नु यहाँका जनताको कर्तव्य हो । हाल केही समय देखि विभिन्न नाममा सुपा देउराली मन्दिर बदनाम गराउने प्रयास भएको छ । कहिले समितिको नाममा त कहिले अनेक बहानामा ।
प्रमुख जिल्ला अधिकारी तथा सन्धिखर्क र शितगंगा नगरपालिकाका मेयर यसको संरक्षक हुने ब्यवस्था छ भने मन्दिरको आफ्नै बिधान छ जस अनुसार मन्दिर समिति निर्माण हुन्छ र चल्छ ।
मन्दिरका हरेक निर्णय समिति र संरक्षक बिना भएका छैन यसै अनुसार बिधानमा केही परिमार्जन गरि पुन लेखिएको पनि छ र समय अनुसार परिवर्तन हुँदै जान्छ पनि ।
अहिले सन्धिखर्कमा सिडियो सहित सर्वपक्षिय बैठक बसेर केही महत्त्वपुर्ण निर्णय भए र काम अधि बढिसकेको अवस्थामा सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले एक बिबादित पत्र निकाले जुन नकुनै बैठकको निर्णय हो नत उनको एकल कार्यक्षेत्रनै एकाएक २९ गते साँझ भिडियो सार्वजनिक गर्दै केही निर्देशन गरे जुन बेतुकको रहेको भन्दै संरक्षित क्षेत्रका स्थानियले बिरोध गरेका छन ।
उनी संरक्षकको नाताले नभइ नगरप्रमुखको हिसावले त्यँहाका लेखापाललाइ पत्र लेख्दै निर्देशन दिएको पत्रबाट बुझिन्छ । उक्त पत्र आए सँगै सामाजिक संञ्जालमा पक्ष बिपक्षको बहस चलेको छ ।
उनको यो निर्णय राम्रो भए पनि समितिमै छलफल गरेर निर्णय गरेर गर्नु पर्नेमा मनोमानी गरेको बुझिएको छ । साथै शितगंगा नगरपालिका र सन्धिख्क नगरपालिकाको संयुक्त स्वामित्वमा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिकाको तर्फबाट एकल निर्णयको पत्रलाई मन्दिर माथीको हस्तक्षव भएको स्थानिय झनक केसीले सामाजिक सञ्जालमै आक्रोश पोख्नु भएको छ ।
यता बर्षौ देखि मन्दिरको कार्यमा स्वयंसेवकनै भएर खटिरहेने वडा अध्यक्ष चुरा केसीले यसको चर्को बिरोध गर्नु भएको छ । उहाँले केही समय बाहिर बसे पछि श्रेष्ठलाई ठुलै हस्तक्षपको महसुस भएको भन्दै बिधान अध्यन गर्न र पढेरै आउन संरक्षक समेत रहेका श्रेष्ठलाई बताउनु भएको छ ।
केसीले मन्दिरको संकट हुँदा समस्या हुँदा र अन्य बिकासको क्षेत्रमा समेत शून्य भुमिकामारहनेले हिरो बन्न खोजेको भन्दै आक्रोश पोख्नु भयो । केसीले मन्दिर जस्तो पवित्र स्थलमा यहाँका जनताको भावना नबुझी आफुखुशी गर्दा जनताबाटै बहिस्कार गर्न सक्ने भन्दै ऐतिहासिक स्थलको परम्परा , सस्कृति र अस्मितमा बन्देज गर्न खोज्नु कुनै अर्थ नहुने बताउनु भयो ।


